spot_img

४३ दलले मात्रै बुझाए घोषणापत्र, २४ पार्टीले मानेनन् आयोगको निर्देशन

spot_img
spot_img

काठमाडौं, १५ फागुन । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका ९० राजनीतिक दलमध्ये ४३ दलले मात्रै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरी निर्वाचन आयोगमा बुझाएका छन्।

प्रत्यक्षतर्फ ६७ र समानुपातिकतर्फ ६३ दल सहभागी रहेको यस निर्वाचनमा बाँकी २४ दलले आयोगको स्पष्ट निर्देशनका बाबजुद घोषणापत्र पेश नगरेका हुन्।

निर्वाचन आयोगले ३ फागुनभित्र घोषणापत्र सार्वजनिक गरी आयोगमा अनिवार्य रूपमा दर्ता गराउन निर्देशन दिएको थियो। तर तोकिएको समयसीमाभित्र सबै दलले उक्त प्रक्रिया पूरा नगरेको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हालसम्म ४३ दलले मात्र घोषणापत्र बुझाएका छन्। उनले दलहरूलाई निर्वाचन आचारसंहिताअनुसार पारदर्शी र जवाफदेही रूपमा अघि बढ्न आग्रह पनि गरेका छन्।

निर्वाचन नजिकिँदै जाँदा घोषणापत्र सार्वजनिक नगर्ने दलप्रति पारदर्शिता र प्रतिबद्धताबारे प्रश्न उठ्न थालेको छ। आयोगले बाँकी दललाई यथाशीघ्र आवश्यक प्रक्रिया पूरा गर्न पुनः स्मरण गराएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय