spot_img

बारामा ११० उम्मेदवारमध्ये १७ जनाले मात्र खोले चुनावी बैंक खाता

spot_img
spot_img

बारा,१५ फागुन ।  प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा बाराका अधिकांश उम्मेदवारहरूले निर्वाचन आचारसंहिताअनुसार अनिवार्य रूपमा खोल्नुपर्ने छुट्टै बैंक खाता नखोली नै प्रचारप्रसारलाई तीव्रता दिएका छन्। आर्थिक पारदर्शितामाथि प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ।

निर्वाचन आयोगले प्रचारप्रसारसम्बन्धी आय–व्यय पारदर्शी बनाउन प्रत्येक उम्मेदवारलाई अलग बैंक खाता खोल्न र त्यसको विवरण उपलब्ध गराउन अनिवार्य व्यवस्था गरेको छ। तर चारवटा निर्वाचन क्षेत्रका जम्मा ११० उम्मेदवारमध्ये हालसम्म १७ जनाले मात्र खाता विवरण बुझाएका छन्।

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख राधेश्याम गिरीका अनुसार खाता नखोल्ने उम्मेदवारहरूलाई ताकेता गरिएको छ। “जबरजस्ती गर्न मिल्दैन, उहाँहरूले आफैं जिम्मेवारी र दायित्व बुझ्नुपर्छ,” उनले बताए।

खाता विवरण बुझाउनेमा क्षेत्र नम्बर १ का रास्वपाका गणेश धिमाल, क्षेत्र नम्बर २ का जसपाका रामकिशोर यादव र नेकपाका रमेश यादव, क्षेत्र नम्बर ३ का एमालेकी ज्वालाकुमारी साह र रास्वपाका अरबिन्द साह, क्षेत्र नम्बर ४ का कांग्रेसका श्यामबाबु गुप्ता, राष्ट्रिय परिवर्तन पार्टीका सर्वेन्द्र खनाल, जसपाका सन्जु साह लगायत रहेका छन्।

निर्वाचन कार्यालयका सूचना अधिकारी मुकेश सिंहका अनुसार ११० उम्मेदवारमध्ये ६३ जनाले खाता खोल्न जिल्ला निर्वाचन कार्यालयबाट सिफारिस भने लिएका छन्, तर सबैले विवरण उपलब्ध गराएका छैनन्।

निर्वाचनमा बिना खर्च गतिविधि सम्भव नभए पनि खर्चको स्रोत र प्रकृति अस्पष्ट रहनु चिन्ताजनक भएको कोलेनिका प्रमुख गिरीले बताए। उम्मेदवारहरूले प्रचारमा व्यस्त रहँदा वित्तीय पारदर्शितामा अपेक्षित ध्यान नदिएको उनको भनाइ छ।

आयोगको आचारसंहिताअनुसार २५ हजार रुपैयाँभन्दा बढी सहयोग बैंक वा वित्तीय संस्थामार्फत लिनुपर्ने र नगद सहयोग लिएमा रसिद दिएर खातामै जम्मा गर्नुपर्ने प्रावधान छ। तर अधिकांश उम्मेदवारले बैंक खाता नै नखोलेपछि खर्चको यथार्थ विवरण अझै सार्वजनिक हुन सकेको छैन।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय