spot_img

जसपा, एमाले र रास्वपाका गरि ६५१ जना नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश

spot_img
spot_img

वीरगंज, फागुन १५ । पर्सा जिल्लाको राजनीतिक परिवेशमा महत्वपूर्ण फेरबदल देखिएको छ। विभिन्न राजनीतिक दल परित्याग गर्दै ६५१ जना नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुरका जसपा नेपालबाट निर्वाचित वडा अध्यक्ष सन्जय कुमार पटेलको नेतृत्वमा ४५१ जना तथा पोखरिया नगरपालिकाका नगर अध्यक्ष एवं पूर्व मेयर प्रत्याशी राजु साह र वडा नं. ३ बसन्तपुरका वडा अध्यक्ष प्रत्याशी रबिभूषण तिवारीको नेतृत्वमा थप २०० जना नेता–कार्यकर्ता कांग्रेसमा समाहित भएका हुन्।

नवप्रवेशीहरू यसअघि जनता समाजवादी पार्टी (जसपा), नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत विभिन्न दलमा आवद्ध थिए। ठूलो संख्यामा भएको यस प्रवेश कार्यक्रमलाई पर्साको राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
नवप्रवेशी नेता–कार्यकर्ताहरूलाई नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालसहितका नेताहरूले फुलमाला तथा टीका लगाएर भव्य स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै उम्मेदवार रिजालले पार्टीमा प्रवेश गर्ने सबैलाई धन्यवाद दिँदै जनताको चाहना र आवश्यकतालाई केन्द्रमा राखेर राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरे।

रिजालले विगतमा आफूले अघि बढाएका विकास निर्माणका पहल, जनतासँगको निरन्तर सम्पर्क र स्पष्ट राजनीतिक दृष्टिकोणकै कारण दिनप्रतिदिन कांग्रेसप्रति आकर्षण बढ्दै गएको दाबी गरे। उनले पर्सा जिल्लालाई समृद्ध, सुशासनयुक्त र अवसरमूलक क्षेत्रका रूपमा विकास गर्न आफू दृढ रहेको उल्लेख गरे।

नवप्रवेशी नेताहरूले लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ गर्न, स्थायित्वसहितको विकास सुनिश्चित गर्न तथा जनताको आवाज संसदसम्म पुर्‍याउन नेपाली कांग्रेस र विशेषगरी रमेश रिजालको नेतृत्व उपयुक्त रहेको निष्कर्षसहित पार्टी प्रवेश गरेको बताएका छन्।

नेपाली कांग्रेसका अन्य नेताहरूले पनि नयाँ साथीहरूको आगमनले संगठन थप बलियो बनेको उल्लेख गर्दै आगामी निर्वाचनमा पर्सा–३ बाट रमेश रिजालको जित सुनिश्चित हुने दाबी गरेका छन्।

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार पछिल्लो समय विभिन्न दलका प्रभावशाली व्यक्तिहरू कांग्रेसमा समाहित हुनु र रिजालप्रति देखिएको समर्थनले पर्सा जिल्लाको राजनीतिक समीकरणमा नयाँ तरंग सिर्जना गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय