spot_img

काग्रेस उम्मेदवार रुगंटाले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै

spot_img
spot_img

वीरगंज, १५ फागुन –  नेपाली काग्रेस पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङ्गटाले खुल्लाम रूपमा निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको पाइएको छ। निर्वाचन आचारसंहिताले निर्वाचन प्रचार–प्रसार एवं अन्य कुनै पनि राजनीतिक गतिविधिमा प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ। सभा, जुलुस, कोणसभा अथवा प्रचार–प्रसारलगायतका गतिविधिमा बालबालिकालाई प्रयोग गर्नु निर्वाचन आचारसंहिता कानुनले बन्देज गरेको छ। तर काग्रेस उम्मेदवार एवं उद्योगपति रुगंटाले आफ्नो निर्वाचन प्रचार–प्रसारमा बालबालिकालाई प्रयोग गरेको पाइएको छ।

उनले लगभग सबै कार्यक्रमहरूमा बालबालिकालाई झण्डा बोकाउने कार्य, नारा–जुलुसलगायतका कार्यमा खटाउने गरेका छन्। चुनावी प्रचार–प्रसारका क्रममा रुगंटाले भड्काउ डिजे, ठूला–ठूला ब्यानर एवं तुलहरू झुण्ड्याउने गरेका छन्। निर्वाचन आचारसंहिता अन्तर्गत राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणअन्तर्गत स्पष्ट रूपमा स्कुले बालबालिकालाई कुनै किसिमको राजनीतिक कार्यक्रम अथवा चुनावी प्रचार–प्रसारमा प्रयोग नहुने भनिएको छ। यद्यपि त्यो नियमको काग्रेस उम्मेदवार रुगंटाले धज्जी उडाउँदै बालबालिकालाई हरेक दिनजस्तो चुनावी कार्यक्रममा पार्टी झण्डा बोकाउने गरेका छन् भने नाराबाजी गर्नका लागि समेत प्रयोग गर्ने गरेका छन्।

उनले आफ्ना चुनावी कार्यक्रममा प्रयोग गरेका बालबालिकाका फोटोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। यसरी एउटा पार्टीका उम्मेदवार निर्वाचन कानुनलाई धोती लगाइरहँदा स्थानीय प्रशासन भने कानमा तेल हालेर बसेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय