झापा,१६ फागुन । बिर्तामोड नगरपालिका–४ स्थित कञ्चनजङ्घा स्कुल नजिक भित्री सडकखण्डमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
बिर्तामोडबाट सैनिक बजारतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६ प ३९५९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापा का अनुसार दुर्घटनामा मोटरसाइकल चालक विशाल पौडेल गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
मोटरसाइकलको पछाडि सवार चन्द्रकिशोर चापागाईं सोही अस्पतालमा उपचाररत छन्। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न कार चालक चिराग सिन्हालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षकले जानकारी दिएका छन्।




