spot_img

निर्वाचन आचारसंहिता उल्लङ्घनका ९९ प्रतिशत उजुरी टुंगिए

spot_img
spot_img

काठमाडौँ, १६ फागुन । निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी अधिकांश उजुरी फर्छ्यौट भएको छ। निर्वाचन आयोग का अनुसार जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष कूल एक हजार ७६ उजुरी परेकामध्ये एक हजार ६१ उजुरी (९९ प्रतिशत) टुंगो लगाइएको छ।

प्रदेशगत विवरणअनुसार सबैभन्दा धेरै उजुरी लुम्बिनी प्रदेशमा २४४ परेको छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी दर्ता भएका छन्।

आयोगका अनुसार प्राप्त उजुरीमध्ये ९७ लिखित रूपमा र ९७९ टेलिफोन, एसएमएस तथा अन्य माध्यमबाट आएका थिए। उजुरीको प्रकृतिमा तोकिएको आकारभन्दा ठूला तुल, ब्यानर र झन्डा प्रयोग गरेको विषय सबैभन्दा धेरै रहेको छ। त्यसैगरी सामाजिक सञ्जालको दुरुपयोग, डिजे तथा माइक बजाएर ध्वनि प्रदूषण गरेको लगायतका गुनासा पनि परेका छन्।

यस्तै, शिक्षक, कर्मचारी तथा स्थानीय जनप्रतिनिधि चुनावी प्रचारमा संलग्न भएको, सार्वजनिक स्थान र सवारीसाधनमा झन्डा टाँगेको, अनुमति नलिई सवारी साधन प्रयोग गरेको जस्ता विषयमा पनि उजुरी दर्ता भएको आयोगले जनाएको छ।

आयोगले आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न अनुगमनलाई थप सशक्त बनाइने जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय