spot_img

मेयरले नै आचारसंहित उल्लघंन गरेको उपमेयरको आरोप

spot_img
spot_img

सिराहा,१६ फागुन । लहान नगरपालिका का उपमेयर राम चलित्तर महतो ले मेयर महेश चौधरी माथि निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको गम्भीर आरोप लगाएका छन्।

उपमेयर महतोले मेयर चौधरीले कानुनको धज्जी उडाउने काम गरिरहेको दाबी गर्दै आचारसंहिता कागजमै सीमित भएको टिप्पणी गरे। उनका अनुसार दल र उम्मेदवारहरूले खुलेआम आचारसंहिता उल्लङ्घन गरिरहेको अवस्था देखिएको छ।

“आफैंले हस्ताक्षर गरेर बनाएको नियम नै पालना गर्न सकिँदैन भने भोलि कानुन बनाउने जिम्मेवारीमा पुगेपछि कस्तो उत्तरदायित्व देखिन्छ?” भन्दै उनले प्रश्न उठाए। निर्वाचनका बेला मात्र नियम सम्झने र जितेपछि बिर्सिने प्रवृत्ति दोहोरिँदै आएको उनको भनाइ छ।

उपमेयर महतोले आचारसंहितालाई कमजोर बनाउने गतिविधिले लोकतन्त्रलाई नै कमजोर बनाउने चेतावनी दिए। लोकतन्त्रको आधार विधि र नियमको पालना भएको उल्लेख गर्दै उनले सबै पक्षलाई कानुनको सम्मान गर्न आग्रह गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय