spot_img

मधेसका चार जिल्लामा आज कांग्रेसका चुनावी सभा

spot_img
spot_img

बीरगन्ज,१६ फागुन । नेपाली कांग्रेस ले आज मधेस प्रदेशका चार जिल्लामा चुनावी सभा आयोजना गर्दैछ। पार्टीका अनुसार सर्लाही, रौतहट, बारा र पर्सामा सभा तय गरिएको छ।

चारवटै सभालाई पार्टी सभापति गगन थापा ले सम्बोधन गर्ने कार्यक्रम छ। सभापति थापा सर्लाहीको लालबन्दीबाट कार्यक्रम सुरु गरी रौतहट र बारा हुँदै पर्साको वीरगञ्ज पुग्ने कार्यतालिका रहेको छ।

यसअघि उनले फागुन ६ गते जनकपुरधाम मा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेका थिए। त्यसको भोलिपल्ट फागुन ७ गते राष्ट्रिय सभागृह, काठमाडौंमा प्रतिज्ञापत्रबारे छलफल गर्दै उठेका प्रश्नहरूको जवाफ दिएका थिए।

चुनावी अभियानका क्रममा सभापति थापाले बिहीबार सुर्खेत र बाँकेमा तथा शुक्रबार रुपन्देही, कपिलवस्तु, बाग्लुङ र कास्कीमा आयोजित सभालाई सम्बोधन गरिसकेका छन्। पार्टीले चुनाव लक्षित कार्यक्रमलाई देशव्यापी रूपमा तीव्रता दिएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय