spot_img

होली र निर्वाचन सँगै, मधेशमा सुरक्षा कडा व्यवस्थापन

spot_img
spot_img

बीरगन्ज,१६ फागुन । आसन्न निर्वाचन र नजिकिँदै गरेको होली पर्वलाई लक्षित गर्दै मधेश प्रदेशका सीमा जिल्लाहरूमा सुरक्षा व्यवस्था कडा पारिने भएको छ। गृहमन्त्री ओमप्रकाश अर्याल तथा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले मधेश प्रदेशका पर्सा, बारा र रौतहट लगायत जिल्लाका सुरक्षा अधिकारी तथा निर्वाचन जिम्मेवार पदाधिकारीसँग विशेष छलफल गरेका हुन्।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार बारा र पर्साका सुरक्षा निकाय प्रमुख, जिल्ला निर्वाचन अधिकारी र सम्बन्धित निकायसँग निर्वाचन सुरक्षा तयारीबारे विस्तृत समीक्षा गरिएको छ। मतदान केन्द्र, मतदान स्थल तथा संवेदनशील क्षेत्रहरूको पहिचान गरी सुरक्षा योजना सुदृढ बनाउन निर्देशन दिइएको उनले जानकारी दिए।

यस्तै, रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले पनि जिल्लामा निर्वाचन लक्षित सुरक्षा प्रबन्धबारे छलफल भएको बताए। केही दिनअघि दुई समुदायबीच देखिएको विवादको सन्दर्भमा पनि बैठकमा समिक्षा गरिएको र आवश्यक परे केन्द्र सरकारबाट थप सुरक्षा सहकार्य गर्ने तयारी रहेको उनले उल्लेख गरे।

सीमावर्ती क्षेत्रहरूमा पछिल्लो समय देखिएका साम्प्रदायिक तनाव, होलीजस्तो पर्वको संवेदनशीलता तथा निर्वाचनको अवस्था मध्यनजर गर्दै संभावित चुनौती र त्यसका समाधानका रणनीतिबारे व्यापक छलफल गरिएको जनाइएको छ। सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिँदै शान्तिपूर्ण र निष्पक्ष निर्वाचन सम्पन्न गराउने वातावरण बनाउन विशेष ध्यान दिन आग्रह गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय