spot_img

देश बिगार्ने र बनाउनेबिचको लडाइँ हो यो निर्वाचन: सन्तोष परियार

spot_img
spot_img

काठमाडौँ,१६ फागुन । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष सन्तोष परियारले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई पुराना र नयाँ विचारबीचको टकराव र देश बिगार्ने र बनाउने व्यक्तिहरूबीचको लडाइँ भएको बताए।

शनिबार काठमाडौँ क्षेत्र नम्बर १ का प्रलोपा उम्मेदवार सविन सिग्देलको घरदैलो कार्यक्रमपछि बानेश्वरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष परियारले मतदातालाई सचेत निर्णय गर्न आग्रह गरे। उनले पुराना र ठूलो भनिने राजनीतिक दलहरूले लामो समय सत्ता चलाए पनि भ्रष्टाचार, नातावाद र कृपावादका कारण देश विकास हुन नसकेको आरोप लगाए।

परियारले युवाहरूलाई देशभित्र रोजगारी नपाएको वास्तविकतालाई औँल्याउँदै महिला, युवा, गरिब, दलित र सीमान्तकृत वर्गको पक्षमा मतदान गरेर अबको निर्वाचनलाई निर्णायक अवसरको रूपमा प्रयोग गर्न मतदातालाई आह्वान गरे।

सिग्देललाई भ्रष्टाचारमुक्त, युवा र पेशाकर्मी प्रतिनिधिको रूपमा चिनाउँदै परियारले देश विकासको सामर्थ्य उनीसँग रहेको बताए। साथै लोकतन्त्र र संविधानको रक्षा गर्दै युवालाई रोजगारी दिने पार्टीको प्रतिवद्धता पनि उनले दोहो¥याए।

कोणसभामा बोल्दै सिग्देलले भ्रष्टाचार र बेथितिविरुद्ध लडेका सहिद र युवाहरूको बलिदानको मूल्य खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे। उनले देश अहिले दुई किसिमका अतिवाद—सत्तामा टिक्न खोज्ने पुराना दलहरूको अतिवाद र लोकप्रियतावादी रातारात परिवर्तन चाहने अतिवाद—दुवै खतरनाक रहेको औँल्याए।

सिग्देलले आफू र पार्टी लोकतान्त्रिक विधि र पद्धतिमा विश्वास गर्ने विकल्पका रूपमा रहेको स्पष्ट गर्दै न्यायप्रेमी मतदातालाई ‘आँखा’ चुनाव चिह्नमा मतदान गरी विधिको शासन कायम गर्ने उम्मेदवारलाई विजयी गराउन आग्रह गरे।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य, प्रवास विभाग इन्चार्ज ओम शर्मा लगायत नेताहरू, कार्यकर्ता र स्थानीय मतदाताहरूको उल्लेख्य उपस्थिती रहेको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय