spot_img

इजरायल र इरान यात्रा नगर्न सरकारको कडा आग्रह

spot_img
spot_img

काठमाडौं,१६ फागुन । नेपाल सरकारले मध्यपूर्वमा विकसित भइरहेका अवस्थालाई ध्यानमा राख्दै नेपाली नागरिकलाई इजरायलइरान को यात्रा नगर्न आह्वान गरेको छ।

परराष्ट्र मन्त्रालय ले शनिबार जारी गरेको यात्रा परामर्श (एडभाइजरी) मा दुवै देशको अवस्था सामान्य नहुँदासम्म यात्रा योजना स्थगित गर्न कडाइका साथ सुझाव दिइएको छ। मन्त्रालयले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै अनावश्यक यात्रा नगर्न आग्रह गरेको हो।

सरकारले मध्यपूर्व क्षेत्रमा विकसित परिस्थितिको निरन्तर अनुगमन गरिरहेको जनाएको छ। हाल इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकलाई सम्बन्धित देशले जारी गरेका सुरक्षा निर्देशनहरू पूर्ण रूपमा पालना गर्न अनुरोध गरिएको छ। सकेसम्म घरभित्रै सुरक्षित रहन, उच्च सतर्कता अपनाउन र आफू रहेको स्थानको नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन मन्त्रालयले आग्रह गरेको छ।

त्यसैगरी, सम्बन्धित निकायको पूर्वअनुमतिबिना कुनै पनि यात्रा नगर्न पनि सरकारको निर्देशन छ। मन्त्रालयले अवस्था सामान्य भएपछि मात्र यात्रा गर्नेबारे निर्णय लिन सुझाव दिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय