spot_img

निर्वाचन आचारसंहिता उल्लङ्घनमा ८ जनामाथि कारबाही

spot_img
spot_img

काठमाडौँ,१६ फागुन । निर्वाचन आयोग, नेपाल ले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा ८ जनालाई कारबाही गरेको छ भने ९४ जनासँग स्पष्टीकरण मागेको जनाएको छ।

आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार राजनीतिक दल तथा उम्मेदवारबाट ५७ वटा स्पष्टीकरणको जवाफ प्राप्त भइसकेको छ। साथै, छ जनालाई पुनः स्पष्टीकरण सोधिएको पनि उनले जानकारी दिए।

आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारहरूसँग आयोगले स्पष्टीकरण मागेको छ। दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपाल मार्फत स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।

देशभरबाट हालसम्म १ हजार ७६ वटा उजुरी प्राप्त भएका छन्। तीमध्ये १ हजार ६१ वटा उजुरी किनारा लगाइएको आयोगले जानकारी दिएको छ। प्राप्त उजुरीमध्ये सबैभन्दा धेरै लुम्बिनी प्रदेशबाट परेको जनाइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय