spot_img

सर्लाहीमा करिब ४०० कांग्रेस कार्यकर्ता एमालेमा प्रवेश

spot_img
spot_img

सर्लाही,१६ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सर्लाहीमा नेपाली कांग्रेसलाई ठूलो झट्का लागेको छ। रामनगर गाउँपालिका–२ खैर्वा इनर्वा मा करिब ४०० कार्यकर्ताले सामूहिक रूपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्।

शनिबार आयोजित कार्यक्रममा पूर्व संविधानसभा सदस्य शिवपुजन राय यादव ले नवप्रवेशीहरूलाई टीका, माला र अबिर लगाएर पार्टीमा स्वागत गरे। उनले एमालेले अघि सारेको विकास र सुशासनको एजेन्डा जनतासम्म प्रभावकारी रूपमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

विश्लेषकहरूका अनुसार यो सामूहिक प्रवेशले एमाले उम्मेदवार अमनिस यादव लाई सर्लाही क्षेत्र नम्बर ४ मा थप बल दिएको छ। निर्वाचन नजिकिँदै जाँदा दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको र सर्लाहीको चुनावी समीकरण दिनप्रतिदिन रोचक बन्दै गएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय