spot_img

नेकपा उम्मेदवार चौधरीको अगुवाइमा बिन्दवासिनीमा दलित भेला सम्पन्न

spot_img
spot_img

वीरगञ्ज,१७ फागुन – नेकपा पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोज चौधरीको अगुवाइमा वीरगञ्ज–१९ बिन्दवासिनी टोलमा शनिवार दलित भेला सम्पन्न भएको छ।

धनराज रामको अध्यक्षतामा आयोजित उक्त भेलालाई सम्बोधन गर्दै उम्मेदवार मनोज चौधरीले जातीय उत्पीडनबाट मुक्ति र दलित समुदायको सर्वाङ्गीण विकास नेकपाबाट मात्रै सम्भव रहेको दाबी गरे। उनले पार्टीको चुनाव चिह्नमा मतदान गरी आफूलाई विजयी गराउन आग्रह गरेका छन्।

उम्मेदवार चौधरीले जातीय छुवाछूत कसुर तथा सजाय ऐन, जनता आवास कार्यक्रम, दलित महिलाका लागि निःशुल्क प्राविधिक शिक्षाको व्यवस्था लगायतका कार्यक्रम नेकपाका नेताहरू प्रधानमन्त्री हुँदा लागू गरिएको उल्लेख गर्दै ती उपलब्धिलाई संस्थागत गर्न पुनः आफ्नो पार्टीलाई मत दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा दलित अगुवा बृजलाल पासवानले दलित समुदायको अधिकार सुनिश्चित गर्न नेकपा नै एक मात्र विकल्प रहेको बताउँदै पार्टीको चुनाव चिह्नमा मतदान गरी मनोज चौधरीलाई विजयी गराउन आग्रह गरे।

त्यसैगरी कार्यक्रममा नेताहरू जयशंकर यादव, सुरज कार्की लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय