spot_img

बीरगन्जमा “फगुआ के रंग लोक गीत के संग” सांस्कृतिक कार्यक्रम सम्पन्न

spot_img
spot_img

बीरगन्ज,१७ फागुन । होली पर्वको अवसर पारेर भोजपुरी प्रतिष्ठान, बीरगन्जले “फगुआ के रंग लोक गीत के संग” शीर्षकमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम शनिबार कन्या माध्यमिक विद्यालयको प्रांगणमा सम्पन्न भएको हो।

प्रतिष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्षतामा आयोजित कार्यक्रममा सल्लाहकार गोपाल अश्क र दिनेश गुप्ता सहित विनय राज गौतम, छोटेलाल साह, सुभाष बैठा, ललन साहलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले होली पर्वको सामाजिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वबारे चर्चा गर्दै पर्वलाई आपसी सद्भाव, भाइचारा र सांस्कृतिक एकताको प्रतीकका रूपमा मनाउनुपर्नेमा जोड दिएका थिए।

सांगीतिक प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण बनेको थियो। सोधा यादव, रामबालक सर्राफ, सम्भु गुप्ता र छोटु राजले फगुआ तथा होलीसँग सम्बन्धित परम्परागत भोजपुरी लोकगीत प्रस्तुत गरेका थिए। उनीहरूको प्रस्तुतीले उपस्थित दर्शकको मन जित्दै मौलिक भोजपुरी कला र संस्कृतिको संरक्षणको सन्देश दिएको थियो।

कार्यक्रमको सञ्चालन अनिष कान्त कुश्वाहाले गरेका थिए। कार्यक्रममा होली पर्व केवल रंगहरूको उत्सव मात्र नभई पुराना मनमुटाव बिर्सेर नयाँ सम्बन्ध सुदृढ गर्ने अवसर भएको धारणा व्यक्त गरिएको थियो।

वीरगंज महानगरपालिकाद्वारा गठित भोजपुरी प्रतिष्ठानले विगतदेखि नै भोजपुरी भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय भूमिका खेल्दै आएको छ। प्रतिष्ठानले यस्ता कार्यक्रममार्फत नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानप्रति सचेत गराउने र सांस्कृतिक धरोहरलाई जीवन्त राख्ने प्रयास जारी राखेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय