spot_img

अभियन्ता दुर्गा प्रसाईँ पक्राउ

spot_img
spot_img

काठमाडौँ,१७ फागुन  । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ लाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले उनलाई भक्तपुरस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो। पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले अनुसन्धानका लागि प्रसाईँलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। उनका अनुसार प्रसाईँविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइने छ।

यसअघि सर्वोच्च अदालतको आदेशमा उनी फागुन १३ गते रिहा भएका थिए। पछिल्लो समय निर्वाचन प्रक्रियालाई प्रभाव पार्न सक्ने आशङ्कामा प्रशासनले पटक–पटक पक्राउ तथा रिहाइको प्रक्रिया दोहोर्‍याउँदै आएको बताइएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय