spot_img

वीरगञ्ज–१६ नगवामा प्रदीप यादवप्रति व्यापक जनसमर्थन, जित सुनिश्चित रहेको नेताहरुको दावी

spot_img
spot_img

वीरगञ्ज, १७ फागुन –  एमाले पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार प्रदीपप्रति वीरगञ्ज १६ नगवामा व्यापक जनसमर्थन देखिएको छ। वीरगञ्जको नगवामा आइतबार बिहान घरदैलो तथा जनता दर्शन कार्यक्रमका लागि उम्मेदवार प्रदीप यादव नगवा पुग्दा सम्पूर्ण नगरवासी नै एमालेमय भएको दृश्य देखिएको छ।

शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, ढल व्यवस्थापन र मधेश विकास केन्द्रित कानुन बनाउन आफू निर्वाचित भएपछि पहल गर्ने भन्दै पूर्वमन्त्री समेत रहेका यादवले मेरो विगतको काम र वर्तमानको एजेन्डाले पर्सा निर्वाचन क्षेत्र नं. १ को विकासमा कायापल्ट हुने दाबी गर्दै आएका छन्।

उनले वीरगञ्ज १६ नगवामा पाएको जनसमर्थनबाट आफू उत्साहित भएको र जनता विकासको पक्षमा रहेको विश्वस्त भएको प्रतिक्रिया दिएका छन्। घरदैलोको क्रममा ठाउँ–ठाउँमा नगवावासीले फूलमाला र टीका लगाएर उम्मेदवारलाई स्वागत गर्नुका साथै जितको आशीर्वाद दिएका छन्।

घरदैलो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय स्तरका नेतादेखि लिएर स्थानीय अगुवा नेता–कार्यकर्ता एवं उम्मेदवार प्रदीप यादवका समर्थकहरूको उल्लेखनीय रूपमा उपस्थिति एवं सहभागिता रहेको थियो। नेकपा एमालेका नेताहरूले उम्मेदवार यादवप्रतिको वडा–वडामा देखिएको समर्थनका कारण एमालेको जित सुनिश्चित भएको दाबी गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय