spot_img

निर्वाचन विरोधी गतिविधि आरोपमा तीन जना पक्राउ

spot_img
spot_img

सुनसरी,१७ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार फागुन २१ गते हुने निर्वाचनको वातावरण विथोल्ने आशङ्कामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा माङसेबुङ गाउँपालिका–१ इलामका ३८ वर्षीय प्रविन मिश्र, पथरी शनिश्चरे नगरपालिका–१० मोरङका ५१ वर्षीय सिताराम बुढाथोकी र साप्लासिसो गाउँपालिका–१ भोजपुरका ४६ वर्षीय डिल्लीराम बोहोरा रहेका छन्।

केशव थेबेका अनुसार बुढाथोकी र बोहोरालाई शनिबार तथा मिश्रलाई गत बुधबार पक्राउ गरिएको हो। उनीहरूलाई सुनसरीका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सर्वसाधारणलाई मतदान केन्द्रमा जान नदिन धम्क्याउने तथा निर्वाचनको वातावरण प्रभावित पार्ने खालका शंकास्पद गतिविधिमा संलग्न रहेको पाइएपछि थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय