spot_img

रौतहटमा निर्वाचन लक्षित सेनाको बख्तरबन्द गस्ती सुरु

spot_img
spot_img

रौतहट,१७ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले शनिबार साँझदेखि रौतहट जिल्लामा बख्तरबन्द गाडीमार्फत सुरक्षा गस्ती सुरु गरेको छ।

यसअघि सेना, नेपाल प्रहरीसशस्त्र प्रहरी बलको संयुक्त टोलीले जिल्लाका विभिन्न क्षेत्रमा नियमित गस्ती गर्दै आएको थियो। सुरक्षा व्यवस्था थप सुदृढ बनाउन अब सेनाले बख्तरबन्द सवारीसाधनसहित चारवटै निर्वाचन क्षेत्रमा गस्ती विस्तार गरेको जनाएको छ।

रौतहटमा तैनाथ श्री नारायण दल गणका अनुसार स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले अत्याधुनिक सैनिक सवारी साधन प्रयोग गरी मतदान स्थल वरपर निगरानी बढाइएको छ।

निर्वाचन अवधिभर जिल्लाभर पैदल, मोटरसाइकल, सवारीसाधन तथा बख्तरबन्द गाडीमार्फत नियमित गस्ती सञ्चालन गरिने सेनाले जनाएको छ। सुरक्षाकर्मीको सक्रियतासँगै जिल्लामा सतर्कता उच्च पारिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय