spot_img

निर्वाचन सुरक्षाका लागि बारामा बख्तरबन्द गाडीसहित नेपाली सेनाको गस्ती सुरु

spot_img
spot_img

कलैया,१७ फागुन । आगामी निर्वाचनलाई लक्षित गर्दै बारामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ। निर्वाचन अवधिमा सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न नेपाली सेनाले जिल्लाका विभिन्न स्थानमा बख्तरबन्द गाडीसहित गस्ती सुरु गरेको छ।

सुरक्षा निकायका अनुसार मतदातालाई निर्धक्क रूपमा मतदान गर्ने वातावरण सिर्जना गर्न र शान्ति–सुरक्षा कायम राख्न सेनाको उपस्थिति बढाइएको हो। मधेस प्रदेशको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मुख्य व्यापारिक केन्द्र, राजमार्ग तथा ग्रामीण भेगहरूमा निगरानी तीव्र पारिएको छ।

बाराका चारै निर्वाचन क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले संयुक्त रूपमा सुरक्षा गस्ती सञ्चालन गरिरहेका छन्। निर्वाचन अवधिभर शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न सुरक्षा संयन्त्रहरू उच्च सतर्कतामा राखिएको जनाइएको छ। प्रशासनले नागरिकलाई अफवाहमा नलाग्न र कुनै शंकास्पद गतिविधि देखिए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय