spot_img

जगरनाथपुर–५ मसिहानीमा रिजालको घरदैलो सम्पन्न

spot_img
spot_img

बीरगन्ज,१७ फागुन । पर्सा क्षेत्र नम्बर–४ का नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले जगरनाथपुर गाउँपालिका वडा नं। ५, मसिहानी टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रमको क्रममा रिजालले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै आगामी निर्वाचनमा आफूलाई समर्थन गर्न आग्रह गरेका थिए। उनले क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सडक निर्माण र रोजगारीका अवसर सृजना आफ्ना मुख्य प्राथमिकतामा रहेको बताएका छन्।

स्थानीय बासिन्दाले कार्यक्रममा भाग लिएर आफ्ना समस्या र अपेक्षाहरू साटासाट गरेका थिए। रिजालले मतदाताका सुझावलाई आफ्नो चुनावी एजेन्डामा समेट्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा सम्पन्न घरदैलो कार्यक्रम उत्साहपूर्ण र सकारात्मक वातावरणमा भएको जनाइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय