spot_img

बारा–३ मा चुनावी प्रतिस्पर्धा रोचक, अरविन्द साहको घरदैलो अभियान तीव्र

spot_img
spot_img

बीरगन्ज,१७ फागुन । बारा जिल्ला निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। परम्परागत नेतृत्व र नयाँ राजनीतिक शक्तिबीचको भिडन्तले क्षेत्रको चुनावी माहोल रोचक बनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार अरविन्द साहले क्षेत्रका विभिन्न टोलहरूमा घरदैलो अभियान जारी राख्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्। उनले विगतका जनप्रतिनिधिले जनतासँग सम्बन्ध मजबुत बनाउन नसकेको भन्दै परिणाममुखी नेतृत्व आवश्यक भएको बताए।

साहले मतदातासँग कुरा गर्दै चुनावको समयमा मात्रै सम्पर्क राख्ने र जितेपछि बेवास्ता गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने धारणा व्यक्त गरे। उनका अनुसार उनको प्राथमिकता जनताको विश्वास पुनः स्थापित गर्दै कामबाट राजनीति प्रमाणित गर्नु रहेको छ।

उम्मेदवार साहले बारा–३ को विकासका लागि रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, उद्योग प्रवर्द्धन, शिक्षा–स्वास्थ्य सुधार र सुशासनलाई मुख्य एजेन्डा बनाएका छन्। उनले उद्योगमैत्री वातावरण सिर्जना गरेर युवालाई स्वदेशमै रोजगारी दिने, कृषि उत्पादनलाई आयमूलक बनाउन बजार व्यवस्थापन, भण्डारण सुविधा र प्रविधि विस्तार आवश्यक रहेको र पारदर्शी खर्च प्रणाली तथा सार्वजनिक जवाफदेहिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।

विश्लेषकहरूका अनुसार युवा मतदाताको सक्रियता, घरदैलो अभियान र परिवर्तनको एजेन्डाका कारण बारा–३ मा चुनावी प्रतिस्पर्धा थप पेचिलो बन्दै गएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय