spot_img

पर्सा–३ मा रास्वपाका रामाकान्त चौरसीया अगाडि

spot_img
spot_img

बीरगन्ज, २२ फागुन । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पर्सा जिल्ला क्षेत्र नम्बर ३ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामाकान्त चौरसीया अग्रस्थानमा देखिएका छन्।

पछिल्लो मतपरिणामअनुसार जगरनाथपुर गाउँपालिका–६ (प्रसौनी, औराहा) टोलबाट आएको मतगणनामा चौरसीयाले १ हजार ५१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी सुरेन्द्र चौधरी (नेपाली कांग्रेस) ले ७७१ मत पाएका छन्।

त्यस्तै रुपेश कुमार पाण्डे (नेपाल कम्युनिष्ट पार्टी (एमाले)) ले २३८ मत प्राप्त गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना प्रक्रिया जारी रहेको छ र अन्तिम परिणाम आउन अझै केही समय लाग्ने बताइएको छ।

यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट राजकुमार गुप्ता (एमाले) २४ हजार ३१९ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले २४ हजार १५२ मत प्राप्त गरेका थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय