रौतहट–१ मा रास्वपाका राजेश चौधरी अगाडि, माधव नेपाल पाँचौं स्थानमा

spot_img

रौतहट,२२ फागुन  । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट जिल्ला क्षेत्र नम्बर १ मा जारी मतगणनाको प्रारम्भिक परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेश चौधरी अग्रस्थानमा रहेका छन्।

हालसम्मको मतगणनाअनुसार चौधरीले ७०६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी योगेन्द्रराय यादव (जनता समाजवादी पार्टी, नेपाल) ले ५६७ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन्।

त्यसैगरी अनिल झा (नेपाली कांग्रेस) ३१२ मतसहित तेस्रो स्थानमा रहेका छन् भने अजय गुप्ता (नेपाल कम्युनिष्ट पार्टी (एमाले)) ले २८८ मत पाएका छन्।

यस क्षेत्रमा माधव कुमार नेपाल (नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)) भने २२० मतसहित पाँचौं स्थानमा रहेका छन्।

गौर नगरपालिका लगायतका क्षेत्रको मतपेटिका गणना भइसकेपछि मतपरिणाममा फेरबदल हुन सक्ने उम्मेदवारहरूले बताएका छन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने यही क्षेत्रबाट माधव नेपाल ३३ हजार ५२२ मतसहित विजयी भएका थिए। त्यसबेला उनका निकटतम प्रतिस्पर्धी एमालेका अजयकुमार गुप्ता थिए। अहिलेको निर्वाचनमा भने मतदाताको बदलिँदो चाहना र नयाँ राजनीतिक शक्तिको उदयले प्रतिस्पर्धा थप रोचक बनेको देखिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय