मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको निधन

spot_img

काठमाडौं,२२ फागुन । मोरङ जिल्लामा मतगणनास्थल नजिकै एक व्यक्तिको अचानक निधन भएको छ।

मृत्यु हुनेमा रंगेली नगरपालिका–९ निवासी ५० वर्षीय दुर्गा रेग्मी रहेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कवित कटुवाल का अनुसार रेग्मी मतगणना स्थल नजिकै खाना खाने क्रममा बिहान करिब ११:४५ बजे अचानक बेहोस भएर ढलेका थिए।

उपचारका लागि उनलाई तत्काल रंगेली अस्पताल लगिएको थियो। तर चिकित्सकले अस्पताल पुर्‍याइएलगत्तै मृत घोषणा गरेका थिए।

रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मोरङ क्षेत्र नम्बर २ का उम्मेदवार कृष्ण कार्की का प्रतिनिधि रहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय