पर्सा-१ मा रास्वपाका पन्त विजयी

spot_img

बीरगन्ज,२३ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धिप्रसाद पन्त (हरि पन्त) विजयी भएका छन्।

शनिबार बिहान सम्पन्न अन्तिम मतगणनाको परिणाम अनुसार पन्तले कुल २७ हजार २ सय ७४ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी प्रदीप यादव लाई १४ हजार २ सय ४४ मतको फराकिलो अन्तरले पराजित गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा पूर्वमन्त्री यादवले १३ हजार ३० मत मात्र प्राप्त गरेका छन्। यसअघि उनी पर्सा–१ बाट लगातार दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनले २०७४ को निर्वाचनमा संघीय समाजवादी फोरम नेपाल बाट तथा २०७९ मा जनता समाजवादी पार्टी नेपाल बाट जित हासिल गरेका थिए। यसपटक भने एमालेको टिकटबाट चुनाव लडेका यादव आफ्नो परम्परागत क्षेत्रमा पनि विजय हासिल गर्न असफल भए।

यसैगरी नेपाली कांग्रेस का पूर्व केन्द्रीय सदस्य तथा व्यवसायी अनिल कुमार रुङ्टा ले ११ हजार ८ सय ८५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे। यो उनको प्रतिनिधिसभा सदस्यका लागि दोस्रो प्रयास थियो।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी का नन्द किशोर प्रसाद श्रीवास्तव ले १ हजार २ सय ७२ मत प्राप्त गरेका छन् भने जनता समाजवादी पार्टी नेपाल का रामनरेश प्रसाद यादव ले १ हजार २ सय १ मत प्राप्त गरेका छन्।

पर्सा–१ मा रास्वपाका पन्तको यो जितलाई राजनीतिक विश्लेषकहरूले मधेसमा नयाँ राजनीतिक शक्तिको उदयका रूपमा समेत हेरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय