म्याग्दी,२३ फागुन । म्याग्दीमा सम्पन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन्। उनले आफ्नो निकटतम प्रतिद्वन्द्वीलाई १४ हजार ९३१ मतान्तरले पराजित गर्दै जीत हासिल गरेका हुन्।
निर्वाचन परिणाम अनुसार पुनले २२ हजार ८५० मत प्राप्त गरे। उनका मुख्य प्रतिस्पर्धी नेकपा एमाले का उम्मेदवार हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत पाए। त्यस्तै नेपाली कांग्रेस का उम्मेदवार कर्णबहादुर भण्डारीले ६ हजार ६४६ मत प्राप्त गरेका छन्।
यो नतिजासँगै स्वतन्त्र उम्मेदवार पुनले म्याग्दीमा उल्लेखनीय जित दर्ता गरेका छन्।

