spot_img

ललितपुर–३ मा रास्वपाकी तोसिमा कार्की निर्वाचित

spot_img
spot_img

काठमाडौं, २३ फागुन । ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी की उम्मेदवार तोषिमा कार्की निर्वाचित भएकी छन्। उनले ४३ हजार ९६ मत प्राप्त गर्दै स्पष्ट मतान्तरसहित जीत हासिल गरिन्।

उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस का जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी का राजकाजी महर्जनले ६ हजार २२ मत प्राप्त गरे भने नेकपा एमाले का सन्दन थापा मगरले ३ हजार २९७ मत प्राप्त गरेका छन्।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी का सबिनकुमार खड्काले २ हजार ३७ मत, श्रम संस्कृति पार्टी का ऋतुवर्तन राईले १ हजार ४७२ मत र उज्यालो नेपाल पार्टी का विजय पन्तले १ हजार ३२० मत प्राप्त गरेका छन्।

यस परिणामसँगै ललितपुर–३ मा रास्वपाकी कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय