चितवनमा अटो दुर्घटना ४ जनाको मृत्यु,१ घाइते

spot_img

भरतपुर,२३ फागुन । चितवन जिल्लाको कालिका नगरपालिका–९ मा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

नेपाल प्रहरीका अनुसार उपरदाङढीबाट शक्तिखोरतर्फ जाँदै गरेको बा.प्र ०६–००१ ह ०३१५ नम्बरको अटो अनियन्त्रित भई सडकछेउको नालीमा खसेपछि दुर्घटना भएको हो।

दुर्घटनामा अटो चालक राप्ती नगरपालिका–९ का ३९ वर्षीय पूर्णबहादुर विक, राप्ती–८ की ५६ वर्षीया बिष्णुकुमारी तामाङ, राप्ती–९ की २२ वर्षीया बिनी तामाङ तथा सोही स्थानका ५५ वर्षीय तिलक तामाङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा राप्ती–९ की ५३ वर्षीया चिनिकुमारी गुरुङ घाइते भएकी छन्। उनको Chitwan Medical College, भरतपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय