बारा,२३ फागुन । बारा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश धिमाल विजयी भएका छन्।
अन्तिम मतपरिणाम अनुसार धिमालले ३९ हजार ९९८ मत प्राप्त गर्दै जित हात पारे। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भुबहादुर बुढाथोकीले १४ हजार २२३ मत प्राप्त गरे। धिमालले बुढाथोकीलाई २५ हजार ७७५ मतान्तरले पराजित गरेका हुन्।
यसैगरी नेकपा एमालेका उम्मेदवार अच्युत मैनाली ११ हजार ६४५ मतसहित तेस्रो स्थानमा रहे। मैनाली २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
अन्य उम्मेदवारतर्फ नेपाल कम्युनिस्ट पार्टीका सन्तोष दंगालले २ हजार ८७८, जनता समाजवादी पार्टी नेपालका रामबाबु प्रसाद यादवले २ हजार ५३०, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सा कलवारले ९४१ तथा उज्यालो नेपाल पार्टीका अनवर अंसारीले ६७७ मत प्राप्त गरेका छन्।
धिमालको जितसँगै बारा जिल्लामा रास्वपाले तेस्रो विजय हासिल गरेको छ।

