काठमाडौं,२३ फागुन । रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा वर्षमान पुन विजयी भएका छन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता तथा पूर्व अर्थमन्त्री पुनले २७ हजार ४६० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. सुदनकुमार वलीले १२ हजार ८ मत प्राप्त गरे। पुनले उनलाई १५ हजार ४५२ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।
अन्य उम्मेदवारतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका बालराम थापाले १० हजार ८९४ मत, नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ९ हजार ९३३ मत र नेपाल कम्युनिस्ट पार्टीका चुडामणि वलीले ३ हजार ७१४ मत प्राप्त गरेका छन्।
यो जितसँगै वर्षमान पुनले रोल्पाबाट ह्याट्रिक विजय हासिल गरेका छन्। उनी यसअघि २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।

