spot_img

अबको सरकारले औषधि ऐनमा आवश्यक संशोधन गर्छ : तोसिमा कार्की

spot_img
spot_img

काठमाडौं,२६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित सांसद डा. तोसिमा कार्कीले अबको सरकारले पुरानो औषधि ऐनमा आवश्यक संशोधन गर्ने विश्वास व्यक्त गरेकी छिन्।

मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल फार्म एक्सपो तथा औषधिमा आत्मनिर्भरता: नीतिगत सवाल’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ४७ वर्ष पुरानो औषधि ऐन बोकेर आधुनिक चिकित्सा सेवा दिन सम्भव नभएको भन्दै संशोधनको आवश्यकता औंल्याइन्। उनले भनिन्, “अब बन्ने सरकारले प्राथमिकतामा राखेर यो ऐनमा आवश्यक सुधार गर्नेछ।”

कार्कीले स्वास्थ्य क्षेत्रमा अड्किएको समस्याको कारण इच्छा शक्ति नहुनु र अनैतिक खेल रहेको बताइन्। रास्वपाको सरकारले स्वास्थ्य क्षेत्रमा ‘सेवक सरकार’को भूमिका निर्वाह गर्ने उनको दाबी छ। उनले औषधिमा आत्मनिर्भरता केवल व्यवसायिक विषय नभई नागरिकको सुरक्षा र सुलभ, सस्तो तथा गुणस्तरीय औषधि सुनिश्चित गर्ने संवेदनशील मुद्दा भएको उल्लेख गरिन्।

औषधि उत्पादनदेखि भण्डारण, वितरण र बिरामीसम्मको गुणस्तरको निगरानी आवश्यक रहेको उनले जोड दिइन्।

spot_img

ताजा अपडेट

लोकप्रिय