spot_img

स्थानीय तहबाट राजीनामा दिएर संसद् दौडमा उत्रिएका १० मध्ये २ मात्रै विजयी

spot_img
spot_img

काठमाडाै,२६ फागुन । पालिकाको अध्यक्ष वा मेयर पदबाट राजीनामा दिएर प्रतिनिधि सभा चुनावमा उम्मेदवार बनेका १० जना मध्ये दुई जना मात्रै विजयी भएका छन् । उम्मेदवार बनेका मध्ये काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिका मेयर हर्कराज राई मात्रै निर्वाचित हुनुभएको हो ।

राम्रो काम गरेको भन्दै चर्चा कमाएका भरतपुर चितवनको महानगरपालिकाकी मेयर रेणु दाहाल र काभ्रेको धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जू श्रेष्ठ संसदीय चुनावमा पराजित हुनुभयो ।

यस्तै पदबाट राजिनामा दिएर उम्मेदवार बनेका मोरङको रङ्गेली नगरपालिकाका मेयर दीलिप अग्रवाल, इलामको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई, कैलालीको टीकापुर नगरपालिका मेयर रामलाल डगौरा थारु सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष अशिम राई, उदयपुरको लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राई, स्याङ्जाको कालिकण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा पनि पराजित हुनुभयो ।

स्थानीय तह निर्वाचन ऐनको दफा ३ को उपदफा २ मा एक वर्षभन्दा बढी पदावधि बाँकी रहँदै पद रिक्त भएको अवस्थामा कार्यकारी पदहरूको उपचुनाव गर्न सकिने व्यवस्था छ । अहिले रिक्त भएका कार्यकारी पदहरुको पदावधि पनि एक वर्षभन्दा बढी छ । तर चुनाव गराउने वा नगराउने भन्ने निर्णय गर्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय