काठमाडौं,२८ फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना सकिँदा मधेस प्रदेशको समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय अग्रता हासिल गरेको छ।
निर्वाचन आयोगका अनुसार मधेस प्रदेशमा गणना भएका कुल २२ लाख ९८ हजार ८२ सदर मतमध्ये रास्वपाले १३ लाख ४६८ मत प्राप्त गर्दै ५६.५९ प्रतिशत मत हात पारेको छ।
रास्वपाको तुलनामा अन्य प्रमुख दलहरूले भने निकै कम मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसले २ लाख ८७ हजार ३२३ मत अर्थात् १२.५० प्रतिशत मत प्राप्त गरेको छ। त्यस्तै नेकपा एमालेले १ लाख ८७ हजार ९०१ मत पाउँदै ८.१८ प्रतिशत मत हासिल गरेको छ।
त्यसैगरी नेपालले १ लाख ३७ हजार ८७८ मत अर्थात् करिब ६ प्रतिशत मत प्राप्त गरेको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले १ लाख ७ हजार ६१२ मत अर्थात् ४.६८ प्रतिशत मत पाएको छ।
अन्य दलमध्ये जनमत पार्टीले ५० हजार ७२० मत (२.२१ प्रतिशत) प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३५ हजार ६४२ मत अर्थात् १.५५ प्रतिशत मत हासिल गरेको निर्वाचन आयोगले जनाएको छ।




