बिमा गराएका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन

spot_img

बीरगन्ज,२८ फागुन । स्वास्थ्य बीमा बोर्डले बीमा गराएका बिरामीहरूलाई अस्पताल बाहिर औषधि वा स्वास्थ्य सामग्री किन्ने दबाब नपर्न सबै अस्पतालहरूलाई निर्देशन दिएको छ।

बोर्डले केही अस्पतालहरूले बीमाको प्याकेजमा पर्ने उपचारको क्रममा पनि बिरामीलाई बाहिरका पसलबाट नगदमा औषधि किन्न बाध्य पारेको गुनासो आएपछि यस्तो निर्णय गरेको हो। बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार, अस्पतालहरूले बीमितसँग औषधि बाहिर किन्न लगाउनु ‘स्वास्थ्य बीमा ऐन र नियमावली २०७५’ विपरीत छ।

बोर्डले निर्देशन उल्लंघन गर्ने अस्पताललाई नियमावलीको नियम १८ बमोजिम कारबाही गरिने चेतावनी पनि दिएको छ। हाल स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत पाँच जनाको परिवारले वार्षिक ३ हजार ५ सय रुपैयाँ योगदान गरेबापत १ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सुविधा प्राप्त गर्न पाउने व्यवस्था छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय