spot_img

मकवानपुरमा ट्रक र कन्टेनर ठोक्किँदा चालकको मृत्यु

spot_img
spot_img

मकवानपुर,२९ फागुन । नारायणगढ–हेटौँडा सडकखण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा ट्रक र कन्टेनर एकापसमा ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चितवनबाट हेटौँडातर्फ आउँदै गरेको कन्टेनर र हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ट्रक आज बिहान एकापसमा ठोक्किएको थियो। दुर्घटनामा कन्टेनर चालक सर्लाहीको बरहथवा नगरपालिका–१५ पिपराभिट्टाका गोविन्द चौधरी गम्भीर घाइते भएका थिए।

घाइते चौधरीलाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल लगिएको थियो। तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीको भनाइ छ।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय