spot_img

नयाँ प्रणाली जडानका कारण राहदानी सेवा अस्थायी रूपमा अवरुद्ध हुनसक्ने

spot_img
spot_img

काठमाडौं,२९ फागुन । परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागले नयाँ प्रणाली जडानको प्रक्रियाका कारण राहदानी सेवा केही समयका लागि अवरुद्ध हुन सक्ने जनाएको छ। विभागका अनुसार पुरानो प्रणाली हटाएर नयाँ प्रणाली स्थापना गर्ने क्रममा अस्थायी रूपमा सेवा प्रभावित हुन सक्छ।

विभागले जारी गरेको सूचनामा जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म बन्द हुन सक्ने उल्लेख गरिएको छ। त्यस्तै राहदानी विभागबाट प्रत्यक्ष रूपमा प्रदान गरिने सेवा भने करिब एक हप्तासम्म अवरुद्ध हुन सक्ने बताइएको छ।

नयाँ प्रणाली जडानपछि प्रणाली पूर्ण रूपमा स्थिर हुन एकदेखि तीन महिनासम्म समय लाग्न सक्ने भएकाले त्यस अवधिमा राहदानीका लागि आवेदन दिएका सेवाग्राहीले राहदानी प्राप्त गर्न हालभन्दा बढी समय कुर्नुपर्ने सम्भावना रहेको विभागले जनाएको छ।

राहदानी विभागले आगामी पाँच महिनाभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई अन्तरिम अवस्था सुरु हुनु अघि नै सम्बन्धित निकायमार्फत सेवा लिन आग्रह गरेको छ। विभागले नयाँ प्रणाली जडानसम्बन्धी थप जानकारी निकट भविष्यमा सार्वजनिक गर्ने जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय