spot_img

पर्सा–२ का नवनिर्वाचित सांसद कानुले सार्वजनिक गरे चुनाव खर्च, कुल ९ लाख ९५ हजार रुपैयाँ मात्र

spot_img
spot_img

वीरगन्ज,२९ फागुन । पर्सा क्षेत्र नम्बर २ मा रास्वपाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुशील कुमार कानुले पनि यसपालिको निर्वाचनमा आँफुले गरेको खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् । नवनिर्वाचित सांसद कानुले आँफुले निर्वाचनमा गरेको खर्चको विवरण शुक्रबार निर्वाचन कार्यालयय पर्सामा बुझाउँदै सामाजिक सञ्जाल फेसबुकबाट पनि सार्वजनिक गरेका छन् ।

जसमा कानुले चुनाव आँफुले कूल ९ लाख लाख ९५ हजार ६१४ रुपैयाँ मात्रै खर्च भएको उल्लेख गरेका छन् ।कानुले चुनावमा सबैभन्दा बढी प्रचार प्रसार सामाग्रीमा ५ लाख ७९ हजार १२४ रुपैयाँ तथा सवारी साधनमा १ लाख ५५ हजार रुपैयाँ खर्च भएको जनाएका छन् । यस्तै अन्य प्रचार प्रसार सामग्रीमा ९९ हजार ४९० रुपैयाँ , गोष्ठी तथा अन्तरकृया खाजा खर्चमा ९२ हजार रुपैयाँ ,विविध खर्चमा ४२ हजार रुपैयाँ , विद्युतीय सामाजिक सञ्जालमा १५ हजार रुपैयाँ , मनोनयन दर्तामा १० हजार रुपैयाँ र मतदाता नामावलीमा ३ हजार रुपैयाँ खर्च भएको कानुले निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरणमा उल्लेख छ ।

पर्सा क्षेत्र नम्बर २ मा पनि कानु ३० हजार ७४० मतका साथ निर्वाचित हुदाँ उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार तथा पूर्वमन्त्री अजयकुमार चौरसिया ११ हजार ८९० मतका साथ दोस्रो भएका थिए। उक्त क्षेत्रमा एमाले उम्मेदवार रिमा कुमारी यादवले भने ११ हजार ६०५ मत मात्रै पाएकी थिइन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय