spot_img

इनिसा विक मृत्यु प्रकरण: न्यायको माग गर्दै विद्यार्थी सडकमा

spot_img
spot_img

सुर्खेत,२९ फागुन । सुर्खेतमा १६ वर्षीया इनिसा विक को मृत्यु प्रकरणमा न्यायको माग गर्दै उनका सहपाठी विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।

वीरेन्द्रनगरस्थित उषा बालबाटिका मा अध्ययनरत विद्यार्थीहरूले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै सडकमा उत्रिएका हुन्।

इनिसा मूलतः गुर्भाकोट नगरपालिका–६, बडाखोलीकी बासिन्दा थिइन्। उनी हाल परिवारसँगै वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी थिइन्। शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनलाई जनजागरण सामुदायिक वन क्षेत्र नजिक अचेत अवस्थामा फेला पारिएको थियो।

प्रहरीले उनलाई तत्काल प्रदेश अस्पताल सुर्खेत पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। परिवारले भने इनिसामाथि सामूहिक बलात्कारपछि हत्या गरिएको आरोप लगाएको छ।

घटनापछि प्रहरीले घटनास्थलबाटै एक १६ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको थियो। उक्त किशोरले इनिसासँग प्रेम सम्बन्ध रहेको दाबी गरेको बताइएको छ। पीडित पक्षले फागुन २४ गते उजुरी दिएपछि प्रहरीले थप अनुसन्धान गर्दै अन्य १५, १६ र १७ वर्षका किशोरहरूलाई पनि नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत का प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापा का अनुसार नियन्त्रणमा लिइएका सबै किशोरहरू सोही विद्यालयका विद्यार्थी हुन् र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।

घटनाले सुर्खेत क्षेत्रमा गम्भीर चासो र आक्रोश उत्पन्न गरेको छ भने विद्यार्थी तथा स्थानीयहरूले सत्य तथ्य सार्वजनिक गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय