spot_img

एमालेले समानुपातिक सांसदको अन्तिम नामावली टुंग्यायो

spot_img
spot_img

बीरगन्ज,३० फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालयले प्रतिनिधिसभा तर्फको समानुपातिक सांसदको अन्तिम नामावली टुंगो लगाएको छ। पार्टीले संविधानमा तोकिएको समावेशी सिद्धान्त र सामाजिक समूह प्रतिनिधित्वको आधारमा कुल १६ जना सांसद चयन गरेको जनाएको छ। सचिवालयको निर्णयअनुसार जनजाति, खस–आर्य, मधेसी, दलित, थारु र मुस्लिम समूहबाट सांसदको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

जनजाति समूहबाट चार जना सांसद चयन भएका छन्। महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ र पुरुषतर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्य समानुपातिक सांसदमा समावेश भएका छन्। खस–आर्य समूहबाट पाँच जना सांसद चयन भएका छन्। यसमा महिलातर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल र एशुदा कुमारी बराल रहेका छन् भने पुरुषतर्फ गुरु प्रसाद बराल र पुष्पराज कंडेल चयन भएका छन्।

मधेसी क्लस्टरबाट तीन जना प्रतिनिधित्व सुनिश्चित गरिएको छ। महिलातर्फ रिङ्ला यादव र यशोधा कुमारी यादव र पुरुषतर्फ चन्द्रेश्वर मण्डल चयन भएका छन्। दलित समूहबाट दुई महिला — विष्णुमाया वी.के. र नीता घटानी सांसदमा नियुक्त गरिएका छन्।

थारु समूहबाट पुरुषतर्फ कृपाराम राणा र मुस्लिम समूहबाट महिलातर्फ साजिदा सिद्दीकी चयन भएका छन्। एमालेले टुंगो लागेका यी नामहरू निर्वाचन आयोगमा पठाउने तयारी गरिरहेको छ। पार्टीले नवनिर्वाचित सांसदलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना दिएको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय