spot_img

बाराको मटिअर्वामा चोरीका घटना बढ्दो, सट्टरको ताल्चा काटेर डेढ लाख नगद गायब

spot_img
spot_img

बीरगन्ज,०१ चैत । बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा एक पसलमा चोरी भएको छ। मानवत–मटिअर्वा–पिलुवा सडकखण्डस्थित एक किताब, कपी तथा मनि ट्रान्सफर पसलबाट नगद रकम चोरी भएको हो।

रामपुकार गुप्ता (सागर) ले सञ्चालन गर्दै आएको उक्त पसलमा हिजो मध्यराति सट्टरको ताल्चा काटेर चोरी गरिएको प्रहरीले जनाएको छ। पसलबाट करिब डेढ लाख रुपैयाँ नगद चोरी भएको सञ्चालक गुप्ताले जानकारी दिएका छन्।

स्थानीयका अनुसार पछिल्लो समय मटिअर्वा क्षेत्रमा चोरीका घटना बढ्दै गएका छन्। करिब डेढ वर्षअघि यही स्थानको एक सुनचाँदी पसलमा चोरी भएको थियो भने केही दिनअघि एउटै घरमा दुई पटक चोरी भएको घटनाले पनि स्थानीयलाई चिन्तित बनाएको छ।

चोरी भएको पसल नजिकै श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मटिअर्वा रहेको छ भने करिब पाँच सय मिटरको दूरीमा प्रहरी चौकी भए पनि चोरीका घटना दोहोरिन थालेको भन्दै स्थानीयले सुरक्षा व्यवस्था बलियो बनाउन माग गरेका छन्। जिल्ला प्रहरी कार्यालय बाराले भने घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय