काठमाडौं,०१ चैत । प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पारिवारिक क्षतिपूर्ति र समवेदना व्यक्त गर्न भक्तपुरको गुण्डुस्थित उनको निवास पुगेकी छन्।
प्रधानमन्त्री कार्की श्रीमान्सँगै केहीबेरअघि ओली निवास पुगेको र मोहनप्रसाद ओलीको निधनमा समवेदना दिएकी बताइएको छ। मोहनप्रसादको फागुन २९ गते ९७ वर्षको उमेरमा निधन भएको थियो। यसै दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि ओलीलाई श्रद्धाञ्जली दिन गुण्डु पुगेकी थिइन्।




