बीरगन्ज,०१ चैत । पर्सा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध ट्याब्लेट बरामद गरेको छ। विशेष सूचनाको आधारमा गरिएको छानबिनमा करिब ५० बढी ट्याब्लेट फेला परेको पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले जानकारी दिएका छन्।
उनका अनुसार हाल अनुसन्धान जारी छ र थप विवरणहरू पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ। उक्त पत्रकार सम्मेलन आज अपराह्न ४ बजे आयोजना गरिने तयारी छ।
प्रहरीले बरामद ट्याब्लेटसँग सम्बन्धित थप तथ्यांक र घटनाको विवरण पत्रकार सम्मेलनमा उपलब्ध गराउने जनाइएको छ।




