spot_img

राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याल सिफारिस

spot_img
spot_img

काठमाडौं,०१ चैत । सरकारले ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यको पद हाल रिक्त रहेको छ। सोही रिक्त स्थानमा अर्याललाई नियुक्त गर्न सरकारद्वारा सिफारिस गरिएको जनाइएको छ।

संविधानअनुसार राष्ट्रिय सभामा राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा एक जना सदस्य मनोनयन गर्ने व्यवस्था छ। सरकारले सोही व्यवस्थाअनुसार अर्यालको नाम सिफारिस गरेको हो।

spot_img

ताजा अपडेट

लोकप्रिय