spot_img

फाल्गुनमा पर्सा प्रहरीद्वारा ८४ मुद्दा दर्ता, पाँच करोडभन्दा बढी राजश्व बरामद

spot_img
spot_img

वीरगन्ज,०२ चैत । पर्सा जिल्ला प्रहरी कार्यालयले आर्थिक वर्ष २०८२/८३ को फाल्गुन महिनामा ८४ वटा मुद्दा दर्ता गरेको र पाँच करोड ४९ लाखभन्दा बढी राजश्व बरामद गरेको जनाएको छ।

प्रवक्ता नायब उपरीक्षक राजु कार्कीका अनुसार सामाजिक अपराधमा २१, संगठित तथा आर्थिक अपराधमा १९, ज्यान सम्बन्धी १३ र चोरी सम्बन्धी १० मुद्दा दर्ता भएका छन्। चालू मुद्दाका ५१ जना प्रतिवादी पक्राउ परेका छन् भने अदालतबाट दोषी ठहर भई फरार रहेका ४७ जनालाई १२ वर्ष ३ महिना कैद र ३ लाख ४८ हजार ४५५ रुपैयाँ जरिवाना भुक्तानी गराइएको छ।

लागू औषधसम्बन्धी ५ मुद्दामा ५ जना पक्राउ परेका छन् र ३४२ किलो गाँजा तथा ५२ हजार ३०० ट्रामाडोल क्याप्सुल बरामद गरिएको छ।

राजश्व संकलनमा पनि सफलता हासिल भएको छ। अवैध भन्सार छलीबाट ३ लाख ७९ हजार ६७५ रुपैयाँ बराबरको सामान बरामद भएको छ भने राजश्व चुहावट नियन्त्रणमा ५ कराेड ४९ लाख २९ हजार ६१९ रुपैयाँ बराबरको सामान बरामद गरिएको छ। ५७ क्युविक फिट सालको काठ र २ वटा साइकल बरामद गरी २ लाख ८५ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ।

फाल्गुन महिनामा ट्राफिक व्यवस्थापन अन्तर्गत ७३ सवारी दुर्घटना भएका छन्, जसमा ३ जनाको मृत्यु र २८ जना घाइते भएका छन्। सवारी नियम उल्लंघनमा १२ लाख १९ हजार ५०० रुपैयाँ जरिवाना संकलन भएको छ। दुर्घटनाको मुख्य कारण चालकको लापरवाही रहेको प्रहरीले जनाएको छ।

महिला, बालबालिका र सामाजिक सेवामा पनि सक्रियता देखाइएको छ। यस महिनामा ४० जना फेला परेका छन् भने घरेलु हिंसा सम्बन्धी ४८ उजुरीमध्ये ४५ मा मिलापत्र गरियो। लागू औषध, बालविवाह, साइबर अपराध लगायत सचेतनामूलक कार्यक्रममार्फत १ हजार ७५१ नागरिक लाभान्वित भएका छन्।

अन्य गतिविधिहरूमा प्रहरीले ११ हजार ६९९ कलहरू हटलाइनमार्फत प्राप्त गरेको र २ हजार ४१३ सेवाग्राहीलाई प्रत्यक्ष सेवा प्रदान गरेको छ। निर्वाचन विरोधी गतिविधिमा संलग्न ७ जना पनि विष्फोटक पदार्थसहित पक्राउ परेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय