spot_img

सांसद पन्तले जेन्जी सहिद परिवारलाई भेटेर सम्मान गरे

spot_img
spot_img

बीरगन्ज,०२ चैत । पर्सा–१ का संसद सदस्य हरि पन्तले आज सपथ ग्रहण गर्नुअघि जेन्जी आन्दोलनका सहिद परिवारसँग भेट गरेका छन्।

पन्तले जेन्जी आन्दोलनका सहिद असाब आलम ठकुराइकी आमा नजला खातुन र भाई मुराद आलम ठकुराइलाई उनका घरमै भेटेर सम्मान जनाएका हुन्। भेटको क्रममा पन्तले परिवारका एकजना सदस्यलाई रोजगारीको अवसरका लागि आगामी सरकारसँग पहल गर्ने आश्वासन पनि दिएका छन्।

सांसद पन्तले भने, “जेन्जी आन्दोलनकै कारण देशमा परिवर्तन सम्भव भएको हो। सहिदहरूको बलिदानको उच्च सम्मान गर्नुपर्छ।” भेटका क्रममा पन्तले सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान समेत प्रकट गरेका थिए।

भाद्र २४ गते कोटेश्वरमा गोली लागेर असाब आलम ठकुराइको मृत्यु भएको थियो। उनका परिवारमा श्रीमती, बुबा–आमा र भाईहरू रहेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय