धादिङ,०३ चैत । आशिका तामाङले सडक प्रयोगको आधारमा ढुवानीमा शुल्क उठाउनु अनुचित भएको बताउँदै त्यसलाई रोकिने स्पष्ट गरेकी छन्। उनले मलेखुदेखि ताल्ती सम्म जाने कुनै पनि सवारी साधनले अबबाट शुल्क तिर्नु नपर्ने घोषणा गरेकी हुन्।
सांसद तामाङले सम्बन्धित निकायलाई निर्देश दिइसकेको जानकारी दिँदै अवैध शुल्क उठाउने कुनै व्यक्तिलाई कारबाहीको दायरामा ल्याइने चेतावनी पनि दिएकी छन्।
उनले भनेकी छन्, “ढुवानीका लागि बाटो प्रयोग गरेको आधारमा कर उठाउनु कहाँसम्म न्यायोचित हो? आजबाट मलेखु–ताल्ती मार्ग प्रयोग गर्ने कुनै पनि सवारी साधनले शुल्क तिर्नु पर्ने छैन। सम्बन्धित निकायमा मैले निर्देश दिइसकेको छु र कसैले शुल्क उठाएको पाइए कारबाही गरिनेछ।”
सांसद तामाङको यो कदमले स्थानीय यात्रु र ढुवानी व्यवसायीमा राहत मिल्ने अपेक्षा गरिएको छ।




