spot_img

रास्वपाले नवनिर्वाचित सांसदलाई जनादेश आत्मसात् गर्न र जनविश्वास कायम राख्न निर्देशन

spot_img
spot_img

बीरगन्ज,०३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ललितपुरमा आयोजना गरेको नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा पार्टी नेताहरूले सांसदहरूलाई जनताको आशा र विश्वास कायम राख्न आग्रह गरेका छन्।

कार्यक्रममा उपसभापति डोलप्रसाद अर्यालले पुराना राजनीतिक दलहरूको कमजोरीका कारण जनतामा निराशा छाएको भन्दै भ्रष्टाचार अन्त्य र सुशासन कायम गरी नागरिकले महसुस गर्ने गरी काम गर्नुपर्नेमा जोड दिएका छन्।

साथै उपसभापति स्वर्णिम वाग्लेले जनताबाट प्राप्त ठूलो जनादेशलाई आत्मसात् गर्दै थिति बसाल्ने बाचा पूरा गर्न इमानदारीपूर्वक काम गर्न सांसदहरूलाई निर्देशन दिएका छन्। उनले आफ्नै सरकारका गलत कार्यको डटेर प्रतिरोध गर्न र जनताका मुद्दाहरू संसद्‌मा सशक्त रूपमा उठाउन सांसदहरूलाई आग्रह समेत गरेका छन्।

कार्यक्रममा पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले संसदीय अभ्यास, नीति निर्माण र विधायिकी प्रक्रियाबारे जानकारी दिनुका साथै प्रशिक्षणको महत्त्व पनि स्पष्ट पारेका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय