काठमाडौं,०३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको नेता ज्ञानेन्द्र शाही बन्ने भएका छन् ।
जुम्लाबाट विजयी भएका एक मात्र राप्रपा उमेदवार शाही संसदीय दलको नेता बन्ने भएका हुन् ।
राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले संसदीय दलको नेता ज्ञानेन्द्र शाही बन्ने बताए ।
उनले भने, “प्रतिनिधिसभामा प्रत्यक्षतर्फ राप्रपाको एक मात्र विजयी उमेदवार ज्ञानेन्द्र शाही हुनुहुन्छ । उहाँको विकल्प नै छैन ।”
यद्यपि, संसदीय दलको नेताका विषयमा भने पार्टीभित्र छलफल भइनसकेको उनको भनाइ छ ।
शाहीले नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारीलाई पछि पार्दै विजय हासिल गरेका हुन् ।
राप्रपाले चारजनालाई समानुपातिक सांसद बनाएको छ ।




