spot_img

सर्लाहीबाट ११ हजारभन्दा बढी विद्यार्थी एसईईमा सहभागी हुने

spot_img
spot_img

सर्लाही,०४ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) मा सर्लाही जिल्लाबाट करिब ११ हजार विद्यार्थी सहभागी हुने भएका छन्।

शिक्षा विकास तथा समन्वय इकाई मलङ्गवा का अनुसार आगामी चैत १९ गतेदेखि देशभर सुरु हुने परीक्षामा जिल्लाबाट कुल ११ हजार ३७१ परीक्षार्थी सहभागी हुनेछन्। जसमध्ये नियमिततर्फ १० हजार २८५ र ग्रेड वृद्धितर्फ १ हजार ८६ विद्यार्थी रहेका छन्।

यस वर्ष सर्लाहीमा ३५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। विद्यार्थीलाई सहज हुने गरी पायक पर्ने स्थानमा केन्द्र तोकिएको जनाइएको छ।

प्राविधिक धारतर्फ अध्ययनरत विद्यार्थीका लागि भने मलङ्गवास्थित श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालय मा परीक्षा केन्द्र निर्धारण गरिएको छ। यस धारतर्फ नियमित ३३१ र ग्रेड वृद्धितर्फ १६ जना विद्यार्थी सहभागी हुनेछन्।

सम्बन्धित निकायले परीक्षा व्यवस्थापनलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक तयारी पूरा गरिएको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय